बिहीबार, ५ असार, २०८२

सिंजामा एकै परिवारका पाँच जना बेहोस

जुम्लाको सिंजा गाउँपालिका -६ काँडा गाउँमा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार राति खाना खाइसकेपछि उनीहरू बेहोस भएका थिए।

बेहोस हुनेमा सोहि गाउँका तिर्थ बुढाकाे परिवार रहेको छ। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू, १२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा, वर्ष ५ की प्रकृति बुढा र दुई वर्षका छाेरा युगान्त बुढा एकै साथ बेहोस भएका हुन्।

आफू सदरमुकाम खलंगा बजार काम विशेषले गएको र बेलुकाकाे खाना दही र गहुँको राेटी खाएपछि एकासी आँखा पाेल्ने, पेट पाेल्ने र आन्द्रा बटारिने लक्षण देखा पर्दा सबै परिवार बेहोस भएको तिर्थले बताए।

तिर्थका अनुसार राति १२ बजे एम्बुलेन्सबाट सिंजादेखि जुम्लाको प्रतिष्ठानमा ल्याइएको थियो। अहिले उपचार भइरहेको र क्रमिक रूपमा सुधार भइरहेको छ।

तिर्थले भने, ‘बाेल्न सक्ने र आँखा हेर्न सक्ने भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बेहोस हुनुको कारणबारे थाहा भएको छैन। अनुसन्धान भइरहेको छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार