मंगलवार, ३ असार, २०८२

जुम्लामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–७ खल्लाचौरमा सोमबार राति ९ बजे ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

लु २ त १११५ नम्बरको ट्र्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ–९ तलिउम जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले बताए।

घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्र्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की छन्।

उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार