जुम्लाको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले प्रयोग गर्ने गाडीमा तोडफोड भएको छ।
बुधबार दिउँसो करिब ५ बजे तिला गाउँपालिका वडा नम्बर ४ ले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पार्किङ गरिएको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए।
गाउँपालिकाले हालै कम्पनीबाट खरिद गरेको नयाँ स्कारपियो गाडीको नम्बर प्लेटसमेत जडान गरिएको थिएन। ढुंगा प्रहार गरी गाडीको पछाडिको सिसा फुटाइएको छ।
अध्यक्ष रोकायाले दिएको जानकारीअनुसार यो सरकारी गाडीमा भएको क्षति गम्भीर प्रकृतिको छ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रविन बाबु रेग्मीले बताए।
तोडफोडमा संलग्न व्यक्तिको खोजी र घटनाको कारणबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ।