सोमबार, २ असार, २०८२

चन्दननाथ नमुना माविमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चन्दननाथ नमुना माध्यमिक विद्यालयमा ‘स्कूल सम्पर्क कार्यक्रम’ अन्तर्गत ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, जुम्लाको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना र सडक सुरक्षाको महत्वबारे जानकारी गराएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख टोप बहादुर महताराले कार्यक्रममा ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनाको आवश्यकता रहेको उल्लेख गरे।

उनले भने, “विद्यार्थीहरूलाई सडक पार गर्दा, सवारी साधन प्रयोग गर्दा र पैदल यात्रा गर्दा अपनाउनुपर्ने सावधानीबारे सचेत गराउने काम गर्‍यौं।”

कार्यक्रममा विद्यालयका शिक्षकहरू र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार