सोमबार, २ असार, २०८२

जुम्लामा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया

जुम्लाका पाँच स्थानीय तहसँग बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाको आयोजनामा सोमबार चन्दननाथ नगरपालिका, तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल भएको हो।

कार्यक्रममा बालमैत्री स्थानीय शासनले बालबालिकाको अधिकार र कर्तव्यमात्र नभई स्थानीय विकास र सुशासनलाई मूलप्रवाहीकरण गर्ने विषयमा जोड दिइएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक श्रीबहादुर भण्डारीले बताए।

बालमैत्री वडा घोषणाका लागि तोकिएका सूचकहरू पूरा गर्न जुम्लाका विभिन्न वडाहरू तयारीमा जुटेका छन्।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बालमैत्री स्थानीय विकास योजना निर्माणमा जुटेको बताउँदै शिक्षा, स्वास्थ्य, बाल उद्यान, बाल पुस्तकालय र क्षमता विकासका लागि बजेट विनियोजन गरिने जानकारी दिए।

तिलाका सबै वडालाई निकट भविष्यमा बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको उनले बताए। किर्डाक नेपालले विभिन्न साझेदार संस्थाहरूसँग सहकार्य गर्दै बालमैत्री शासन प्रवद्र्धनमा स्थानीय सरकारलाई सघाउँदै आएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार