सोमबार, २ असार, २०८२

जाजरकोटका २५ जना भारत-पाकिस्तान सीमाको कार्गिलमा अलपत्र

रोजगारीका सिलसिलामा कार्गिल पुगेका उनीहहरु तनावग्रस्त क्षेत्रमा फसेको त्यहाँ फसेका मध्येका एक विकल्प नेपालीले जानकारी दिए।

जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ का लोकेन्द्र सुनार, शान्ता सुनार, अशोक सुनार, विकल्प नेपाली, भिम नेपाली, विकास तिरुवा, टेकेन्द्र तिरुवा, गणेश तिरुवा, निर्मला तिरुवा, निरुता तिरुवा लगायत २४/२५ जनाको टोली भारत र पाकिस्तानको सीमा क्षेत्र कार्गिलमा अलपत्र परेका छन्।

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण उनीहरूलाई त्यहाँ बस्न र स्वदेश फर्कन कठिनाइ भएको आफन्त सुष्मा सुनारले बताएकी छन्।

रोजगारीका सिलसिलामा कार्गिल पुगेका उनीहहरु तनावग्रस्त क्षेत्रमा फसेको त्यहाँ फसेका मध्येका एक विकल्प नेपालीले जानकारी दिए।

“सीमा क्षेत्रमा बढ्दो असुरक्षाका कारण उनीहरूको अवस्था जोखिमपूर्ण बनेको छ,” उनले भने, “हामीहरूलाई सुरक्षित फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गर्छु।”

नेपाल सरकारबाट हालसम्म उनिहरुलाई उद्धार गर्न कुनै ठोस कदम नचालिएको आफन्तको गुनासो छ।

संवेदनशील अवस्थामा नेपाली नागरिकको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल र उद्धार कार्य आवश्यक रहेको आफन्तहरुको भनाइ छ।

सरकारले अलपत्र परेका नागरिकको उद्धारका लागि तत्काल कदम चाल्नुपर्ने उनीहरुको माग छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार