शुक्रबार, २१ कार्तिक, २०८२

जुम्ला-रारा अल्ट्रा म्याराथन ५९१ जनाले भाग लिँदै

पोल्याण्ड, अमेरिका, फ्रान्स र भारतका अन्तर्राष्ट्रिय धावकहरूसहित पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायत १० भन्दा बढी जिल्लाका खेलाडीहरू सहभागी हुनेछन्।

जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ। पत्रकार सम्मेलनमार्फत सबै तयारी पूरा भएको जानकारी दिइएको हो।

५१ किलोमिटर दूरीको म्याराथनमा कुल ५९१ जना सहभागी हुनेछन्। पोल्याण्ड, अमेरिका, फ्रान्स र भारतका अन्तर्राष्ट्रिय धावकहरूसहित पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायत १० भन्दा बढी जिल्लाका खेलाडीहरू सहभागी हुने कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए।

“५१ किमीको मुख्य दौडमा ७४ जना, कर्मचारी र व्यापारीका लागि ५ किमी दौडमा १५५ जना, विद्यार्थीका लागि १० किमी दौडमा ३५५ जना र त्रिभुवन आर्मीबाट २ जनाले भाग लिनेछन्,” उनले भने।

प्रतियोगिता व्यवस्थित गर्न खाली पाटन, चौथा, डाव र चुचेमारा बेस क्याम्पमा चारवटा चेकपोइन्ट राखिएको छ। चुचेमारा टप अन्तिम चेकपोइन्ट तोकिएको छ।

उनका अनुसार देविदत्त गणले स्वयंसेवकको रूपमा सहयोग गर्नेछ। म्याराथनका लागि करिब २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले म्याराथनको उद्घाटन गर्ने योजना भए पनि बजेट निर्माणको छलफलका कारण उनी उपस्थित हुन नसक्ने भएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार