नेपाली काँग्रेस निकट नेपाल तरुण दलको चन्दननाथ नगरपालिका इकाईको दोस्रो अधिवेशन शनिबार जुम्लामा सम्पन्न भएको छ।
अधिवेशनले भुपाल न्यौपानेलाई अध्यक्ष र जितेन्द्र रावललाई सचिवमा सर्वसहमचिले चयन गरेको
विपी स्मृति भवनम आयोजित कार्यक्रममा काँग्रेस नेता गौरीनन्द आचार्यको प्रमुख आतिथि रहेका थिए। कार्यक्रम पश्चात् ३१ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो।
अधिवेशनले जिल्ला प्रतिनिधिहरूलाई पनि सर्वसम्मत रूपमा चयन गरेको छ युवा नेता विशाल महतले जानकारी दिए।
कार्यक्रममा वडाध्यक्षहरू, नेपाली काँग्रेस जुम्लाका नेता र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको नेपाली कांग्रेस भातृ संगठन समन्वय समितिका सदस्य दिपेन्द्र विक्रम हमाले बताए।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले संगठनलाई सशक्त बनाउने र चन्दननाथका युवाहरूलाई पार्टीको दृष्टिकोणमा संलग्न गराएर गतिशील र समावेशी मञ्च निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।