बुधबार, ४ असार, २०८२

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन पातारासी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

अधिवेशनले संगठनको गतिविधिलाई थप सुदृढ बनाउन र कर्मचारीहरूको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास्त रहेको सचिव देवकोटाले बताए।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन पातारासी गाउँपालिका, जुम्लाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले टेक बहादुर कठायतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ।

नवनिर्वाचित समितिको उपाध्यक्ष जन बहादुर बोहोरा, सचिवमा सान्तराम बुढ, कोषाध्यक्षमा दुवा बुढा रहेका छन् भने सदस्यहरुमा सुक बहादुर बुढा, भिमा बुढा, लोक बहादुर भण्डारी, प्रवेश बुढा, आइतराम बुढा, कर्ण बोहोरा, डबल बोहोरा, अमृता बोहोरा, र अवि बोहोरा रहेको नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला सचिव उत्तम देवकोटाले जानकारी दिए।

अधिवेशनले जिल्ला अधिवेशनका निम्ति विष्णु बहादुर बुढा, भगवती गिरी, विर्ष कामी र सूर्य बुढालाई प्रतिनिधि समेत सर्वसम्मतिबाट छनोट गरेको छ।

अधिवेशनले संगठनको गतिविधिलाई थप सुदृढ बनाउन र कर्मचारीहरूको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास्त रहेको सचिव देवकोटाले बताए।

उनका अनुसार अधिवेशनले पातारासी गाउँपालिकामा निजामती कर्मचारीहरूको पेशागत हकहित र संगठनको सुदृढीकरणका लागि नयाँ मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार