बुधबार, ४ असार, २०८२

जुम्लामा हिमाली संवादको गर्मागरम बहस सुरु

हिमाली संवादले जलवायु परिवर्तनका असर र अनुकूलनका उपायहरूबारे गम्भीर छलफल गर्नेछ। यहाँ उठेका सवालहरूलाई हामी सरकारसम्म पुग्ने विश्वास गरिएको छ।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट आएका नागरिक अगुवा, बालबालिका र युवाहरूको भिड जम्मा भएको थियो। किर्डाक नेपालले आयोजना गरेको ‘हिमाली संवाद’को पहिलो दिन जुम्लामा सुरु भएको थियो।

यो संवाद जलवायु परिवर्तनको गम्भीर असर र त्यसबाट कसरी अनुकूलन गर्ने भन्ने विषयमा केन्द्रित छ। कार्यक्रमको औपचारिक उद्घाटन कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले गरे।

मञ्चमा उभिएर उनले गहकिलो स्वरमा भने, “हामीले कार्बन उत्सर्जन गरेका छैनौँ, तर जथाभावी बाटो खन्ने, रुखबिरुवा मास्ने र वातावरण बिगार्ने काम हामीबाटै भएको छ। यही कारण जलवायु परिवर्तनको असर हाम्रा हिमाल र गाउँहरूमा देखिन थालेको छ।”

उनले थपे, “धनी राष्ट्रहरूको कार्बन उत्सर्जनको मार हामीले भोगिरहेका छौँ, तर हामीले पनि वातावरणमैत्री विकासमा ध्यान दिनुपर्छ। सङ्घीयतापछि वातावरण मास्ने काम झन् बढेको छ। अब हाम्रो विकास प्रकृतिसँग जोडिनुपर्छ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि जलवायु परिवर्तनको असर र यसलाई न्यूनीकरण गर्न नीतिगत सुधारको आवश्यकता रहेको बताए।

“हिमाली संवादले कर्णालीका यी सवालहरूलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुपर्छ,” आचार्यले जोड दिए।

किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संवादको उद्देश्य प्रस्ट्याए। “हामी सगरमाथा संवादमा कर्णालीका मुद्दाहरूलाई समावेश गर्न चाहन्छौँ,” उनले भने।

हिमाली संवादले जलवायु परिवर्तनका असर र अनुकूलनका उपायहरूबारे गम्भीर छलफल गर्नेछ। यहाँ उठेका सवालहरूलाई हामी सरकारसम्म पुग्ने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार