शुक्रबार, २१ कार्तिक, २०८२

जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा नव वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान

नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा जुम्ला बहुमुखी क्याम्पसका शिक्षकहरू, स्ववियुका सदस्यहरू लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियनले नव २०८२ सालको पावन उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। चैत ०५ गते भएको स्ववियुको नयाँ टिमको यो प्रथम कार्यक्रम समेत हो।

नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा जुम्ला बहुमुखी क्याम्पसका शिक्षकहरू, स्ववियुका सदस्यहरू लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि तथा जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले नयाँ वर्षसँगै नयाँ जोश र जाँगर पैदा होस् र क्याम्पस परिवारको प्रगति उन्नति होस् साथै स्ववियु नवनिर्वाचित टिमले राम्रो कार्य गर्ने अपेक्षा गरे।

क्याम्पस सहायक प्रमुख पदम बहादुर शाहीले पनि नव वर्षको शुभकामना दिँदै नयाँ स्ववियुले नयाँ कार्य गर्नेछ भन्ने आशा अपेक्षा रहेको बताए।

त्यस्तै स्ववियु नवनिर्वाचित सभापति लोकेन्द्र बुढाले नयाँ सालसँगै क्याम्पसमा नयाँ नयाँ गतिविधि गर्ने बताए। कार्यक्रममा सबै शिक्षक र विद्यार्थीहरूले हर्ष उल्लासको साथ नव वर्षको शुभकामना आदानप्रदान गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार