जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ। भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो। यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो।
यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो। यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो।