सोमबार, २ असार, २०८२

सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ चैतमा आउने

प्रेम, समाज, संघर्ष र यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्न माहिर प्रियासनका यसअघि दस उपन्यास, एक कथासंग्रह र एक लेखसंग्रह प्रकाशित भइसकेका छन्।

नेपाली साहित्यका चर्चित लेखक सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ चाँडै प्रकाशन हुने भएको छ।

प्रेम, समाज, संघर्ष र यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्न माहिर प्रियासनका यसअघि दस उपन्यास, एक कथासंग्रह र एक लेखसंग्रह प्रकाशित भइसकेका छन्।

‘कडी’ मा वैदेशिक रोजगारीले सम्बन्धमा ल्याउने उतारचढाव, समाजमा पर्ने मनोवैज्ञानिक प्रभाव र प्रेम तथा पारिवारिक सम्बन्धका आयामलाई समेटिएको छ।

नेपाली समाजमा विदेशिने प्रवृत्तिको पृष्ठभूमिमा लेखिएको यो उपन्यासले पाठकको ध्यान आकर्षित गर्ने लेखकको विश्वास छ।

चैत महिनामा बजारमा आउने यो कृति उनका अघिल्ला सफल कृतिहरूजस्तै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

साहित्यका साथै पत्रकारितामा पनि सक्रिय प्रियासन हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव छन्।

उनी गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक पनि हुन्, जहाँ समसामयिक सामाजिक र राजनीतिक विषयले प्राथमिकता पाउँछन्।

सामाजिक अभियानमा समेत संलग्न उनलाई साहित्य र समाजसेवामा योगदान पुर्‍याएबापत २०७७ मा प्रवल जनसेवा श्री पदकबाट सम्मानित गरिएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार