बुधबार, ४ चैत्र, २०८२

रारा घुम्न आएका एक पर्यटकको मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका–१० का ५४ वर्षीय भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको हो।

मुगु जिल्लामा स्थित नेपालको सबैभन्दा ठूलो रारा ताल अवलोकन गर्न आएका एक पर्यटकको मृत्युु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–१० का ५४ वर्षीय भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार, विश्वकर्मा आइतबार राति ९ बजे श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल पुगेका थिए। चिकित्सक नकुल शाहीले उनलाई अक्सिजनको कमी भएको र अस्पतालमा भर्ना गर्नुपर्ने सुझाव दिएका थिए।

तर, विश्वकर्माले भर्ना हुन अस्वीकार गरेर सल्लेरी फर्किए। सोमबार बिहान ६ बजे साथीहरूले उनलाई एम्बुलेन्समा पुनः अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे।

चिकित्सक शाहीका अनुसार, विश्वकर्मा दमका बिरामी थिए। हिमपात र चिसो मौसमका कारण उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी हुँदा उनलाई लेक लाग्यो, जसले कार्डियो पल्मोनरी एरेस्ट निम्त्यायो र मृत्युको कारण बन्यो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार