प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न आएका प्रथम वर्षका ४६ जना विद्यार्थीले चिकित्सा पेशाको मर्यादा, बिरामीप्रतिको निष्ठा, गोपनीयता र निष्पक्ष सेवाको प्रतिज्ञा गरेका हुन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँचौं एमबीबीएस ब्याचका विद्यार्थीले पहिलोपटक हिप्पोक्रेटिक शपथ लिएका छन्।
प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेलले ४६ जना विद्यार्थीलाई चिकित्सा पेशाको मर्यादा, बिरामीप्रतिको निष्ठा, गोपनीयता र निष्पक्ष सेवाको प्रतिज्ञा गराएका हुन्।
सपथ ग्रहण समारोहमा उपस्थित प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले विद्यार्थीहरूले लिएको शपथले उनीहरूको व्यावसायिक यात्रा मात्र होइन, मानव सेवाप्रतिको प्रतिबद्धता पनि दर्शाउने बताए।
उनले भने, “यो शपथ केवल औपचारिकता होइन, चिकित्सा पेशामा उच्चतम नैतिक मूल्यको अनुसरण गर्ने वाचा हो। विद्यार्थीहरूले यसलाई जीवनभर पालना गर्ने विश्वास लिएको छु।”
चिकित्सा शिक्षाको मूल उद्देश्य समाजका उपेक्षित र पछाडि परेका समुदायहरूलाई सेवा दिनु भएको प्रतिष्ठानका डिन पोखरेलले थपे।
“कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य नै दुर्गम भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हो,” उनले भने, “विद्यार्थीहरूले यहाँबाट सिकेका ज्ञान र सीपलाई समाजसेवामा प्रयोग गर्नुपर्नेछ।”
प्रतिष्ठानका एमबीबीएस अध्ययनरत विद्यार्थी विद्यार्थीहरूले पहिलो पटक हिप्पोक्रेटिक शपथ डा. नवीन थापाले जानकारी दिए।
उनले भने, “यो प्रतिष्ठानको इतिहासमा महत्वपूर्ण क्षण हो। विद्यार्थीहरूले चिकित्सा पेशाप्रति गरिरहेको प्रतिज्ञा उनीहरूको व्यावहारिक जीवनमा पनि देख्न पाइयोस् भन्ने हाम्रो अपेक्षा छ।”
शपथ ग्रहण समारोहमा विद्यार्थीहरूले आफ्नो पेशागत जिम्मेवारी, बिरामीको गोपनीयताको रक्षा, मानव सेवाको उच्च सम्मान, विवेकशीलता र निष्पक्षताका साथ चिकित्सा सेवा प्रदान गर्ने संकल्प गरेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाका साथै समाजसेवामा पनि महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।