बाईस पाटन पानसय भित्र, ताउनै चर्न गाई गई
बिर्सेकी कम्पनी माला फेरि सम्झन लाइगै…
खडानन्द चौलागाईंको नयाँ गीत “बाईस पाटन पान सय दराको सेरोफेरो” सार्वजनिक भएको छ। यो गीत उनको पहिलो लोकगीत हो।
गीतमा बाजुराकी चर्चित लोक गायिका लक्ष्मी नेपाली र बरिष्ठ लोक गायक भुवनप्रकाश बढुको स्वर सहयोग रहेको छ।
गीतको सुरुवाती पंक्तिहरूले नै श्रोतालाई आकर्षित गरेको छ;
“बाईस पाटन पानसय भित्र, ताउनै चर्न गाई गई
बिर्सेकी कम्पनी माला फेरि सम्झन लाइगै…”
यो गीतले लोक संगीतप्रति उनको गहिरो लगाव र सिर्जनात्मकता देखाएको छ। खडानन्द चौलागाईंले आफ्नो पहिलो लोकगीतमा परम्परागत लोक संगीतलाई आधुनिकता संग मिलाएर प्रस्तुत गरेका छन्।
उनले यस गीतमार्फत आफ्नो संगीत यात्राको नयाँ अध्याय सुरु गरेका छन्। गीत सार्वजनिक भएपछि सामाजिक संजालमा राम्रो प्रतिक्रिया पाएको छ।
प्रशंसकहरूले गीतको मधुर स्वर, सार्थक बोली र लोक संगीतको समृद्ध परम्परालाई समेटेको यस गीतलाई खूब सराहना गरेका छन्।
गायक चौलागाईंले आफ्नो संगीत यात्रामा नयाँ मानक स्थापित गर्दै लोक संगीतलाई अझ व्यापक बनाउने प्रतिबद्धता देखाएका छन्। उनको यो नयाँ गीतले नेपाली लोक संगीत क्षेत्रमा नयाँ ऊर्जा र गति ल्याउने अपेक्षा गरिएको छ।
प्रशंसकहरूले यो गीतलाई माया गर्दै उच्च स्थान हासिल गर्ने विश्वास गरेको चौलागाईंले बताए। उनको यो नयाँ प्रयासले नेपाली संगीत क्षेत्रमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।
















