यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।
सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन्।
गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन्। यस्तै, शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन्। त्यसैगरी, विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ।
चौलागाईं चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन्। पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन्।
उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन्।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ, जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन्।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ।