सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको लगानीमा ढुङ्गा बिच्याउन थालिएको हो।
जुम्ला खलंगा बजारमा ढुङ्गा बिच्छ्याउने कार्य अघि बढाइएको छ। बजार क्षेत्रमा ढुङ्गा बिच्छ्याउन थालेपछि खलंगा थप आकर्षण हुने विश्वास गरिएको छ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको लगानीमा ढुङ्गा बिच्याउन थालिएको हो।
भवन निर्माण आयोजनाका सब इन्जिनियर चन्द्र खड्काका अनुसार परियोजना पूरा भएपछि बजार व्यवस्थित र मनमोहक देखिनेछ।
उनल भने, “यसले जुम्ला बजारमा आउने पर्यटकहरूको सङ्ख्या बढ्ने र स्थानीय व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।”
नगर प्रमुख राजुसिंह कठायतले बजार क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्न यो योजना महत्त्वपूर्ण कोसेढुङ्गा हुने बताए।
नगर उपप्रमुख रामदेवी खड्काका अनुसार ढुङ्गा बिच्छ्याउने कार्यले बजार थक आकर्षक देखिनेछ भने थव व्यवस्थित हुनेछ।
















