शनिबार, २३ फाल्गुन, २०८२

जुम्ला प्रहरीको कामप्रति समन्वय प्रमुख आचार्यको खरो टिप्पणी

उनले प्रहरीलाई लागेको गम्भीर आरोपबारे प्रहरी प्रशासनले कुनै सन्तोषजनक जवाफ दिन नसकेको दाबी पेस गरेका छन्।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामाजिक सञ्जाल फेसबुकमा जुम्लाको सुरक्षा चुनौतीमाथि गम्भीर टिप्पणी गरेका छन्।

आचार्यले जुम्लामा तस्करी, लागुऔषध र चोरीजस्ता गम्भीर अपराधहरूमा संलग्न अभियुक्तलाई पक्राउ गर्न नसक्ने प्रहरीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो फेसबुक स्टाटसमा, ‘जिल्लाको सुरक्षा स्थिती कमजोर रहेको छ र प्रहरीलाई जनताको विश्वास जित्न गाह्रो भइरहेको छ।’ भनी लेखेका छन्।

आचार्यका अनुसार, स्थानीय होटल कान्जिरोवामा बसेका १६ जना तस्करलाई प्रहरीले १५ लाख रुपैयाँको घूस लिएर रातारात भगाएको भन्दै बजारमा व्यापक चर्चा भइरहेको विषयलाई गम्भीरताका साथ उठाएका छन्। 

उनले यस्तो गम्भीर आरोपबारे प्रहरी प्रशासनले कुनै सन्तोषजनक जवाफ दिन नसकेको दाबी पेस गरेका छन्।

साथै, आचार्यले केही वर्षअघि चोरी भएका चन्दननाथ मन्दिरका ऐतिहासिक मूर्तिहरूको खोजी गर्न असमर्थ रहेको, लागुऔषधका ठूला व्यापारीहरूलाई पक्राउ गर्न नसकेको र जुवातासबाट कमिसन लिने प्रवृत्तिप्रति पनि प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले यसै सन्दर्भमा चाडपर्वका बेला सामान्य नागरिकलाई अनावश्यक रूपमा डराउने, अलिकति मदिरा सेवन गरेका नागरिकलाई यमराज सरह व्यवहार गर्ने र तिहारको टीकासमेत लगाउन नदिएको घटनालाई प्रहरीको निकम्मापनको संज्ञा दिएका छन्।

प्रमुख आचार्यको यो स्टाटसपछि जिल्लामा प्रहरी प्रशासनको भूमिकाबारे चिया चौतारोमा व्यापक बहसको भइरको छ। स्थानीयले आचार्यको स्टाटस शेयर गर्दै सुरक्षा निकायप्रति अविश्वास व्यक्त गरेका छन् भने तत्काल सुधारको माग गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार