आईतवार, २९ चैत्र, २०८२

जुम्लाका युवाहरु सामाजिक सेवा गरि जन्मदिन मनाउँदै

जुम्लामा जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने सकारात्मक अभ्यास देखिन थालेको छ। पछिल्लो समय युवाहरूले व्यक्तिगत उत्सवलाई समाजोपयोगी कार्यमा रूपान्तरण गर्दै उदाहरणीय सन्देश दिइरहेका छन्।

यसै क्रममा जुम्ला चन्दननाथ नगरपालिका -१० का रुपेश जंग शाहीले आफ्नो जन्मदिनको अवसरमा चन्दननाथ -८ जातिभिडमा पुगेर कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरे। उनले विद्यालय जाने बालबालिकालाई लक्षित गर्दै आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन्।

उनको यस कार्यमा पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले समेत साथ दिएका छन्। उनले यस्तो कामलाई उदाहरणीय र उदार कार्यका रूपमा व्याख्या गर्दै आफू पनि प्रत्यक्ष सहभागी बने।

उनले भने, ‘समाजका अन्य व्यक्तिहरूलाई पनि यस्ता सकारात्मक कार्यमा जोडिन प्रेरणा मिलोस् भन्ने उद्देश्यले म पनि यो पुण्यको कार्यमा उपस्थित भएको हुँ।’

यसअघि पनि पातारासीमै जुम्ला खलंगाका विशाल जंग महतले आफ्नो जन्मदिनको अवसरमा स्टेशनरी सामग्रीसँगै चामल वितरण गरी जन्मदिन मनाए। उनले विपन्न परिवार र विद्यार्थीहरूलाई सहयोग गर्दै जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेका थिए।

यी घटनाहरूले पातारासी क्षेत्रमा नयाँ सोचको विकास भइरहेको संकेत गर्छन्। व्यक्तिगत खुसीलाई समाजसँग बाँड्ने यस्तो अभ्यासले सामाजिक सद्भाव र सहयोगको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

स्थानीयवासीहरूका अनुसार, यस्ता कार्यहरूले अन्य युवाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ। जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्ने यो अभ्यासले आगामी दिनमा अझ व्यापक रूप लिने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार