आईतवार, २९ चैत्र, २०८२

प्याब्सन कप: छात्रा तर्फको उपाधि जीपि बोर्डिङ स्कुललाई

जुम्लामा पहिलो पटक आयोजना गरिएको प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत छात्रा तर्फको उपाधि जीपी बोर्डिङ स्कुल उर्थुले आफ्नो नाममा गरेको छ।

पातारासीस्थित ड्रिम माउन्टेन बोर्डिङसँग भएको प्रतिस्पर्धात्मक खेलमा जीपी बोर्डिङ स्कुलले २–१ गोल अन्तरले जित हात पार्दै कप उचालेको हो।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा भने जीपी बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै ड्रिम माउन्टेनलाई पछि पार्न सफल भयो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जुम्लाको आयोजनामा प्रतियोगिता बिहीबारदेखि सुरु गरिएको हो।

यसैबीच, पातारासीको ड्रिम माउन्टेन बोर्डिङ र बजारस्थित बिलिभर्स बोर्डिङ स्कुलबीच अर्को खेल जारी रहेको छ, जसको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार