आईतवार, ८ चैत्र, २०८२

नेपाल एयरलाइन्सले जुम्लामा दुई उडान गर्ने भएपछि ताला खुल्यो ।

नेपाल एयरलाइन्सले भोलि (चैत ९ गते) जुम्लामा दुई वटा उडान गर्ने सहमति गरेपछि कार्यालयमा लगाइएको ताला खोलिएको छ।

विगत दुई हप्तादेखि उडान नगरेको र आइतबारको उडान पनि अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले नेपाल वायुसेवा निगमको जुम्ला कार्यालयमा तालाबन्दी गरेका थिए।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुबीच भएको छलफलपछि एयरलाइन्सले दुईवटा उडान गर्ने भएको हो।

नेपाल एयरलाइन्सका महानिर्देशक अमृतमान श्रेष्ठले सोमबार दुई वटा उडान गर्ने प्रतिबद्धता जनाए।

निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलका अनुसार, सोमबार बिहान १० देखि ११ बजेभित्र पहिलो र त्यसपछि दिउँसो दोस्रो उडानका लागि नेपालगन्ज स्टेसनलाई निर्देशन दिइसकिएको छ।

यसैबीच, प्रशासनले नेपाल एयरलाइन्ससँगै सीता, समिट र तारा एयरलाई पनि नियमित उडानका लागि ध्यानाकर्षण गराएको छ।

उडान सुनिश्चित भएपछि जुम्ला स्टेसन इन्चार्ज उकान्त न्यौपानेले कार्यालयको कामकाज सुचारु भएको जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार