शुक्रबार, ६ चैत्र, २०८२

वन डढेलो नियन्त्रणका लागि सुरक्षा निकायलाई अभिमुखिकरण र सामग्री हस्तान्तरण

डिभिजन वन कार्यालय जुम्लाले वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका तीनै सुरक्षा निकायलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ।

वन डढेलो नियन्त्रण सप्ताह अन्तर्गत शुक्रबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विपद् युनिटलाई सामाग्री प्रदान गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाका अनुसार वन डढेलो तथा आगजनीका घटनामा सक्रिय रूपमा खटिने सुरक्षा निकायलाई आवश्यक उपकरण उपलब्ध गराइएको हो।

कार्यालयका अनुसार डढेलो नियन्त्रणमा प्रयोग हुने विशेष कपडा तथा फलामे औजारहरू प्रदान गरिएको छ।

नेपाली सेनालाई १२ थान, सशस्त्र प्रहरीलाई १२ थान र नेपाल प्रहरीको विपद् युनिटलाई १० थान गरी कुल ३४ थान सामाग्री वितरण गरिएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् न्युनिकरणका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

सीमित स्रोतसाधनका बीच उपलब्ध गराइएको सामाग्रीले राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

सप्ताह अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार