बिहीबार, ५ चैत्र, २०८२

माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु

जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ। घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेना मृत्यु भएको हो।

चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।

‘घर लिप्ने माटो खन्ने बेला अचानक माथिबाट ठूलो माटोको ढिस्को खसेर दुई महिलालाई पुरेको हो’ , उनले भने।

साथै उनले घटनामा ४७ वर्षीया कृष्णमाया तिमिल्सेना ज्यान गएको छ भने अन्दाजी ४० वर्षीया तारा धर्ती घाइते भएको र घटनालगत्तै स्थानीय र नेपाल प्रहरीको सक्रियतामा दुवै जनालाई तत्काल उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको बताएका छन्।

प्रहरीका अनुसार कृष्णमायाको भने उपचारकै क्रममा ज्यान गएको हो। अर्की घाइते तारा धर्ती भने उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेकी छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार