बुधबार, ४ चैत्र, २०८२

जुम्ला बहुमुखी क्याम्पसमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। आज एक कार्यक्रमका बीच २०८२ सालमा नयाँ भर्ना भएका स्नातक र स्नातकोत्तरका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको हो।

स्वागत कार्यक्रमको अवसरमा क्याम्पसमा छात्रा विद्यार्थीहरूको लागि स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिनको समेत उद्घाटन गरिएको छ।

कार्यक्रममा बोल्दै जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्लामै उच्च शिक्षा हासिल गर्ने एकमात्र थलो जुम्ला बहुमुखी क्याम्पस भएको र यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरू राज्यको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भइरहेको बताएका छन्।

‘क्याम्पसमा अध्ययनरत गर्ने विद्यार्थीहरूको पठन संस्कृतिको लागि नियमित रुपमा हामी लागिरहेका छौं’ , उनले भने।

त्यस्तै जुम्ला बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति लोकेन्द्र बुढाले क्याम्पसका हरेक सकारात्मक परिवर्तनको निम्ति लागि पर्ने र त्यसको लागि स्ववियु जहिले पनि अग्र भुमिका रहने बताएका छन्।

‘क्याम्पसमा थुप्रै काम गर्न बाँकी रहेको छ। विद्यार्थीहरूका हरेक समस्या समाधान गर्न हामी सधैं लागिपर्ने छौं’ , उनले भने।

साविकको कर्णालीकै एकमात्र आंशिक क्याम्पस रहेको जुम्ला बहुमुखी क्याम्पस जुम्लामा झन्डै एक हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार