बुधबार, ४ चैत्र, २०८२

जुम्लामा एचपीभी खोप अभियान सुरु हुनु अघि बृहत अन्तरक्रिया

जुम्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका आठवटै स्थानीय तहका ८४ विद्यालयमा खोप केन्द्र स्थापना गरी चैत ९ गतेदेखि खोप दिइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा अभियानको पूर्वतयारी तथा सूक्ष्म योजनाबारे सरोकारवालासँग छलफल गरिएको कार्यालय प्रमुख किरण शर्माले जानकारी दिए।

यस अभियानमा कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १ हजार २७७ किशोरीलाई खोप लगाइने लक्ष्य राखिएको छ।

पालिकागत रूपमा चन्दननाथ, तातोपानी, पातारासी, तिला, हिमा, सिजा, गुठिचौर र कनकासुन्दरीका किशोरी समेटिएका छन्।

खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी लक्षित सबै किशोरीलाई समेट्ने तयारी गरिएको छ।

स्वास्थ्य कार्यालयले अभियान सफल बनाउन पत्रकार तथा सरोकारवालासँग सहयोगको अपिल गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार