हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुम्लाको तिला गाउँपालिका–८ पुरुका स्थित देवी देउराली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरेको छ।
कम्पनीका जुम्ला शाखा प्रमुख लक्ष्मीकान्त पाण्डेका अनुसार विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीलाई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो अंकित स्विटर प्रदान गरिएको हो।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई जाडो मौसममा न्यानो कपडाको आवश्यकता हुने भएकाले सहयोग स्वरूप स्विटर वितरण गरिएको शाखाले जनाएको छ।
कार्यक्रममा विद्यार्थीलाई बीमा सम्बन्धी सामान्य सचेतना पनि प्रदान गरिएको थियो। कम्पनीले समाजप्रति आफ्नो दायित्व पूरा गर्ने उद्देश्यले शिक्षा क्षेत्रलाई सहयोग गर्दै आएको जनाएको छ।
स्विटर वितरणपछि विद्यार्थी, शिक्षक तथा अभिभावकले कम्पनीप्रति धन्यवाद व्यक्त गरेका छन्।
















