शनिबार, ३० फाल्गुन, २०८२

जुम्लामा देखिएको ग्यास अभावको समस्या समाधान होस्, ज्ञानेन्द्र शाही

नेपालभरि, विशेषगरी जुम्ला लगायतका हिमाली जिल्लाहरूमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएको भन्दै जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले ग्यास अभावका कारण सर्वसाधारण नागरिकले दैनिक जीवनमा ठूलो समस्या भोग्नुपरेको उल्लेख गर्दै स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधि रोक्न कडाइका साथ अनुगमन गर्न अनुरोध गरेका हुन्।

उनले बजारमा ग्यासको उचित वितरण सुनिश्चित गर्दै नागरिकलाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक पहल गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन्।

संकटको समयमा सबै निकाय जिम्मेवार भएर काम गर्नुपर्ने उल्लेख गर्दै सांसद शाहीले सर्वसाधारण नागरिकले अनावश्यक सास्ती भोग्न नपर्ने वातावरण बनाउन आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार