मंगलवार, २६ फाल्गुन, २०८२

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरियो

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक शत्र २०८२ सालमा भर्ना भएका विद्यार्थीहरूलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ।

आज एक कार्यक्रमकाबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक शत्र २०८२ मा भर्ना भएका एम.बी.बी.एस, बी.एससी, नर्सिङ, बी एन.एस, बी.पी.एस, र बी फार्माका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो।

प्रतिष्ठानमा यो वर्ष पनि देश बाहिरको मुलुक भारत र नेपालका धनुषा, धरान, कैलाली, तनहुँ, प्युठान, नवलपरासी, धादिङ, कालिकोट, कंचनपुर, दैलेख, मोरङ, लमजुङ, पोखरा, रुपन्देही, रौतहट, बाँके, बैतडी, सुर्खेत, महोत्तरी, अर्घाखाँची, रुकुमपश्चिम, चितवन, सिरहा, बारा, मुस्ताङ, बझाङ, कपिलवस्तु, दाङ, म्याग्दी लगायतका जिल्लाहरूबाट अध्ययन गर्न आएका छन।

प्रतिष्ठान आफ्नो सन्तान लिएर भर्ना गर्न आएका एक अभिभावक विष्णु लाल श्रेष्ठले जुम्लामा आउन पाउँदा खुसी भएको बताएका छन्।

‘बाहिरी रुपमा दुर्गम नभएको भाष्य भए पनि जुम्लाको बाटोले नै जुम्लालाई सुगम भएको अनुभूत मलाई भएको र यहाँको वस्तु स्थिति र संस्कृति मन पर्यो’ , उनले भने।

त्यस्तै भारतीय विद्यार्थीका अभिभावकले आफूलाई बोल्ने अवसर दिएको हार्दिक व्यक्त गरेका छन्। उनले आफू यहाँ आउदा खुसी भएको र आफ्नो सन्तानलाई नेपालको कर्णालीमा डाक्टरी पढाउन पाएकोमा भएको बताएका हुन्।

कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपप्राध्यापक ओम प्रसाद काफ्लेले यहाँको पढाइको हिसाबले कुनै पनि कसुर बाँकी नराखेर लागिपर्ने र विद्यार्थीहरूको लागि असुरक्षाको कुनै आभास नहुने बताएका छन्।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार डाक्टर पेसाप्रती म जानकार भएको र यो दक्ष जनशक्ति डाक्टर उत्पादन गर्ने ठाउँ हो।

साथै उनले यहाँको सेवामा गुणस्तरीय रहेको तथा यहाँको सुरक्षाको पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिष्ठानका उपकुलपति पुजन रोकायले विद्यार्थीहरूलाई स्वागत गर्दै उनले यहाँ पढ्न आउने विद्यार्थीहरूको लागि यो एक अवसर भएको बताएका छन्।

त्यस्तै प्रतिष्ठानका शिक्षा अध्यक्ष डबलकुमार धामीले पनि प्रतिष्ठानमा पढ्न आउने विद्यार्थी अब हाम्रा सन्तान हुन। अब विद्यार्थीहरूलाई समाल्ने जिम्मेवारी हाम्रो हो। काठमाडौबाट टाढा भएपनि एक अब्बल विश्वविद्यालयको रुपमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानलाई अघि बढाइरहेका छौं

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार