शुक्रबार, १५ फाल्गुन, २०८२

सिंजा गाउँपालिकाको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु

जुम्लाको सिंजा गाउँपालिकाको निर्माणाधीन भवनबाट खसेर एक कामदारको ज्यान गएको छ। 

बुधबार चौथो तलामा फार्मा खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका–३ का ४२ वर्षीय खिरबहादुर शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि सिंजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटोमा उनको निधन भएको हो।

शाही टाउकोमा गम्भीर चोट लागेको तथा हात–खुट्टा भाँचिएको अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार