जुम्लाको पातारासी गाउँपालिकाका युवा अमर विष्टले तातोपानी गाउँपालिका ८ स्थित टाेप्ला गाउँका आगलागी पीडित सन्देश शाहीको घरपरिवारलाई १० हजार सहयाेग गरेका छन् ।
आगलागी बाट पीडित परिवारकाे तत्कालीन समस्या समाधानमा सहयाेग पुगाेस भन्ने उदेश्यले सहयाेेग गरेकाे युवा अमर विष्टले बताए। आज आगलागी भएकाे घरमै पुगेर युवा विष्टले सहयाेग प्रदान गरेका हुुन्।
आगलागीबाट सन्देश शाहकाे घरमा झण्डै १३ लाख सम्मकाे क्षति भएकाे छ। राहत र पुनर्स्थापनाका लागि सबै पक्षले ध्यान दिन जरुरी रहेको विष्टको भनाइ छ।
विष्टले निरन्तर रुपमा जुम्लामा बेलाबखतमा आपत विपद् र समस्या आइपर्दा समाज सेवाकाे काम गरिरहेका युवा हुन्।















