बिहीबार, ७ फाल्गुन, २०८२

राससको उत्कृष्ट जुम्ला जिल्ला समाचारदाताको पुरस्कार विजय रावतलाई

राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो स्थापनाको ६५ औँ वार्षिकोत्वसका अवसरमा जुम्लाबाट राससकर्मी विजय रावतलाई उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशीको पुरस्कार प्रदान गरेको छ।

२०७५ सालबाट जिल्लामा बसेर सक्रिय राससमा कार्यरत रावतलाई राससको वार्षिकोत्सवका अवसरमा काठमाडौमा आज आयोजित समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादवले रावतलाई उत्कृष्ट जुम्ला जिल्ला तर्फबाट समाचारदाताको पुरस्कार प्रदान गरेका हुन्।

जुम्लाको सबैभन्दा पहिलो स्थानीय पत्रिका कर्णाली सरोकार दैनिकबाट पत्रकारिता सुरु गरेका रावत नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स र रासस जुम्ला समाचादातामा कार्यरत छन् । राससको यस अघिको ६० औं वार्षिकोत्वसमा २०७७ सालको सर्वोत्कृष्ट आलेखको समेत रावत पुरस्कृत भएका थिए। रावत हाल नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाकार र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत हुन्।

रावत लगायत उत्कृष्ट जिल्ला समाचारदातातर्फ विभिन्न जिल्लामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार र स्थानीय समाचारदातासहित ११ जनालाई राससले आफ्नो वार्षिकोत्वसको अवसरमा पुरस्कार र सम्मान प्रदान गरेको हो।

पुरस्कृत रावतका अनुसार राससले आफ्नो कामको उचित मूल्यांकन गरेको र राससको उत्कृष्ट जुम्ला जिल्ला समाचारदाताको पुरस्कार पाउँदा थप उत्साहित भएको छु।

‘यो पुरस्कारले मेरो पत्रकारिता पेसालाई थप जीवन्त बनाएको छ। म अटुट रुपमा मेरो जिम्मेवारी पूरा गरिरहने छु’ ,उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार