सामाजिक अभियन्ता आशिका तामाङ स्वतन्त्र रूपमा प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने घोषणा गरेकी छिन्।
आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौ जिल्लाको क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर चुनाव लड्ने घोषणा गरेकी हुन्।
उनले सरोकारवालासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण सञ्चालन र विशेषगरी जेनजीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे खुला छलफल गर्दा तिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा आफ्नो जिम्मेवार निर्णय ठानेको बताएकी छन्।
‘युवा पुस्ताको भावनाको कदर,सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा र भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ हाम्रो यो साझा यात्रा अब सुरु भयो,’ उनले भनिन्।














