जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गोर्खा जिल्लाबाट चुनाव लड्ने भएका छन्।
गुरुङले आफ्नो गृह जिल्ला गोर्खाबाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका हुन्।
आगामी फागुन २१ गते गोर्खा जिल्लाको क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले आफ्नै गाउँ,आफ्नै माटोबाट परिवर्तनको सुरुवात,नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल भन्दै औपचारिक रुपमा चुनाव लड्ने घोषणा गरेका छन्।














