शनिबार, २६ पुष, २०८२

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर छेडागाड नगरपालिका ८ स्थित बाहार्नाखोला भित्री सडक खण्डमा छेडागाड-९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

उक्त जिपको ब्रेक फेल भई सडकबाट जिप १ सय ५० मिटर तल खस्दा २ जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

मृत्यु हुनेमा छेडागाड-९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी छन् ।

दुर्घटनामा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार