शनिबार, २६ पुष, २०८२

जुम्लाको विकास र स्याउ बीमा समस्याबारे मन्त्री चौलागाईंसँग तातोपानी गाउँपालिकाको छलफल

तातोपानी गाउँपालिका, जुम्लाले नेपाल सरकारका माननीय बन तथा वातावरण तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, जुम्ली पुत्र माधव प्रसाद चौलागाईंलाई शुभ कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै जुम्लाका विकाससँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा ध्यानाकर्षण गराएको छ।

पौष २५ गते मन्त्री निवास जावलाखेल, ललितपुरमा भएको भेटघाट तथा छलफलमा जुम्लाका स्याउ उत्पादक किसानको बीमा समस्या, भौतिक पूर्वाधार तथा पर्यटन विकासका सवालहरू उठाइएका हुन्।

भेटमा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले आर्थिक वर्ष २०८०/०८१ मा शिखर इन्स्योरेन्स कम्पनीसँग गरिएको स्याउ बीमाको दाबी भुक्तानीमा भएको ढिलाइ र अन्यायपूर्ण मूल्यांकनले किसानहरू मारमा परेको बताए।

उनले भने, ‘स्याउ जुम्लाको पहिचान र किसानको जीवनाधार हो। बीमा दाबीको समस्याले किसान निराश भएका छन्, सरकारले यसमा विशेष पहल गर्नुपर्छ।’

भौतिक पूर्वाधार, वन तथा वातावरण मन्त्री माधव चौलागाईंले जुम्ला आफ्नो जन्मभूमि भएकाले जिल्लाको विकासप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै बीमा समस्या सम्बन्धित निकायसँग समन्वय गरेर समाधानतर्फ पहल गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘जुम्लाका भौतिक पूर्वाधार, सडक, पुल र पर्यटन विकास मेरा प्राथमिकतामा छन्। सम्भव भएसम्म अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरिनेछ।’

त्यस्तै तातोपानी गाउँपालिका -४ का वडा अध्यक्ष अमर रोकायाले हाँकु-तिलानदी पक्की पुल, ताम्ती, टोप्ला, जाजरकोट सडक, गिडीदह पर्यटकीय क्षेत्रको विकास, औद्योगिक ग्राम सञ्चालन, तातोपानी धारालाई पर्यटनमैत्री बनाउने तथा जुम्लामा चिडियाखाना स्थापना जस्ता योजनामा बजेट सुनिश्चित गर्न आग्रह गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार