नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि जुम्ली कांग्रेसका नेताहरू निकै उत्साहित देखिएका छन्।
जिल्लाका कूल २६ महाधिवेशन प्रतिनिधिमध्ये १९ जनाले विशेष महाधिवेशनको माग गर्दै उपसभापति कार्मा बुढाको नेतृत्वमा बिहीबार काठमाडौंतर्फ प्रस्थान गरेका हु्। एउटा गाडी रिजर्भ गरेर राजधानी पुगेका प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरिसकेका थिए।
यस टोलीमा जुम्ला प्रदेश (क) का सभापति लछिमान बोहोरा, प्रदेश (ख) का कार्यवाहक सभापति कालीबहादुर बुढा र जिल्ला कार्यसमिति सचिव अर्जुनसिंह कठायत लगायतका नेताहरूको सहभागिता रहेको छ।
उपसभापति बुढाका अनुसार जुम्लाबाट विशेष महाधिवेशनको पक्षमा स्पष्ट बहुमत देखिएको छ। उनले २६ मध्ये १९ जनाको हस्ताक्षर नै जुम्ला कांग्रेसको वास्तविक धार भएको दाबी समेत गरेका छन्।














