मंगलवार, १३ माघ, २०८२

एमाले मुगुद्धारा पराजित कार्की सहित ६ जनाको नाम सिफारिस

नेकपा एमाले मुगुले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राज बहादुर कार्की सहित ६ जनाको नाम सिफारिस गरेको छ।

२०७९ सालमा भएको चुनावमा निवर्तमान वनमन्त्री ऐन बहादुर शाही सँग राज बहादुर कार्की पराजित भएका थिए।

आइतबार सदरमुकाम गमगढी बजारमा सम्पन्न बैठकले आसन्न फागुन २१ को निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको हो।

बैठकले राज बहादुर कार्की, बर्तमान जिल्ला पार्टी अध्यक्ष पुर्णबहादुर रोकाया, बलचन्द्र बिश्वकर्मा, गोपाल बहादुर बम र खड्कराज मल्लको नाम सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटीका सचिव सुरेन्द्र मल्लले जानकारी दिए।
उनका अनुसार महिला तर्फ कर्णसिला मल्ल र जानदेवि भामलाई सिफारिस गरेको बताए।

कमिटीले सिफारिस गरेका मध्ये महिला तर्फ कर्णसिशला मल्ल तत्कालिन जिल्ला समन्वय समितिकी उपप्रमुख हुन भने राज बहादुर कार्की २०७९ सालमा पराजित भएका उम्मेदवार हुन।

त्यस्तै पूर्ण बहादुर रोकाया जिल्ला कमिति अध्यक्ष हुन। त्यस्तै गोपाल बम पूर्व संघीय सांसद पनि हुन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार