अन्तरिम सरकारको मन्त्रिपरिषद् पुनः विस्तार गरिँदै छ। वर्तमान मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री थपिन लागेका छन्। जसमा जुम्लाका माधव चौलागाईं वन तथा वातावरण मन्त्री बन्ने भएका छन्।
कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधव चौलागाईं वन तथा वातावरण मन्त्रालय र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समाल्ने छन्।
प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।
उनीहरूको शपथ आज नै दिउँसो ३ बजेका निम्ति तय समेत गरि सकिएको छ।















