सोमबार, ८ पुष, २०८१

सल्यानमा कांग्रेसको १०० दिन चल्ने विशेष अभियानको जिम्मेवारीमा कान्तिका

स्थानीयस्तरमा पार्टीलाई थप सक्रिय बनाउनका लागि अभियानले ठोस योगदान पुर्‍यउने सेजुवालको भनाइ छ।

नेपाली कांग्रेसले सल्यान जिल्लामा १०० दिनसम्म चल्ने विशेष अभियान सुरु गरेको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र प्रदेश सभा सदस्य लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा आयोजित विशेष बैठकमा अभियानको औपचारिक सुरुवात भएको हो।

बैठकमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, जिल्ला कार्य समिति पदाधिकारी तथा भातृ संगठनका प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकमा सहभागीहरूले पार्टीका आगामी गतिविधिहरूको समीक्षा गर्दै केन्द्रीय निर्देशन अनुसार अभियानलाई सफल बनाउन जिम्मेवारी बाँडफाँड गरेकाो कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले बताइन्।

कांग्रेस केन्द्रले उनलाई उक्त अभियान प्रभावकारी बनाउन विशेष जिम्मेवारीसहित सल्यानमा खटाएको छ।

“जिल्लाका विभिन्न क्षेत्र भ्रमण गर्दा कार्यकर्ताहरूमा व्यापक उत्साह देखिन्छ। हामी अभियानलाई सबै तहमा पुर्‍याउनेछौं,” उनले भनिन्, “स्थानीयस्तरमा पार्टीलाई थप सक्रिय बनाउनका लागि यो अभियानले ठोस योगदान पुर्‍यउनेमा म विश्वस्त छु।”

अभियानको दोस्रो दिनमा खलंगा, श्रीनगर, र छत्रेश्वरीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै पार्टीलाई संगठनात्मक रूपमा सशक्त बनाउन छलफल गरिएको थियो।

यस क्रममा, कार्यकर्ताहरूले पार्टीको नीतिगत कार्यान्वयन, संगठनात्मक सुधार, र जनतासँगको सम्बन्ध सुदृढीकरणका विषयमा महत्वपूर्ण सुझावहरू दिएका छन्।

यो १०० दिने विशेष अभियानले पार्टीलाई जनतासँग अझ नजिक बनाउने र संगठनात्मक विकासमा नयाँ गतिशीलता ल्याउने कांग्रेसको लक्ष्य रहेको सेजुवालले थपिन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार