प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ।
निर्वाचन आयोग ले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका कारण गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगित गरेको थियो।आयोगको चैत १८ गते बसेको बैठकले मतदाता नामावली सङ्कलन कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अब देशभर पुनः नाम दर्ता प्रक्रिया अघि बढ्ने भएको हो।
यससँगै नयाँ मतदाता दर्ता गर्न, विवरण सच्याउन तथा स्थानान्तरण गर्न चाहने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छमतदाता नामावली सङ्कलनपुनःसुरुभएसँगै लोकतान्त्रिकप्रक्रियामा नागरिकको सहभागिता अझ सुदृढ हुने विश्वास लिइएको छ।
आयोगले सबै योग्य नागरिकलाई आफ्नो नामावली दर्ता गर्न आग्रह गरेको छ, जसले आगामी निर्वाचनलाई थप समावेशी र व्यवस्थित बनाउन मद्दत पुर्याउनेछ।
















