सोमबार, ७ बैशाख, २०८३

जुम्लामा पहिलोपटक ‘स्ववियु कप’ भलिबल प्रतियोगिता आयोजना हुँदै

जुम्लामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जुम्लाले ‘प्रथम स्ववियु कप’ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शैक्षिक संस्थाहरू केवल पठनपाठनमा सीमित नभई खेलकुद, रचनात्मक गतिविधि र मनोरञ्जनमा समेत सक्रिय भूमिका खेल्नुपर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

स्ववियु जुम्लाका अनुसार प्रतियोगिता २०८३ साल बैशाख ३ गतेदेखि सुरु हुने छ। जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिताको रूपमा आयोजना गरिने यस खेलकुद कार्यक्रममा जिल्लाभरिका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले विशेष रूपमा शैक्षिक संस्थाहरूको प्रतिनिधित्वलाई प्राथमिकता दिने जनाएको छ। संस्थागत रूपमा सहभागी हुने टोलीहरूलाई आधिकारिक पत्रसहित दर्ता गर्दा २५ प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ। प्रतियोगिताले खेलकुदको विकास, आपसी भाइचारा अभिवृद्धि तथा लुकेका प्रतिभाहरूलाई उजागर गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

साथै, अनुशासन, मेहनत र सामूहिकताको भावना विकासमा पनि यसले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय १ र द्वितीय पुरस्कार रु ५१ हजार १ सय १ नगद प्रदान गरिनेछ। दर्ता शुल्क रु १० हजार तोकिएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार समेत प्रदान गरिनेछ।

यस कार्यक्रमलाई सफल बनाउन जिल्लास्थित सम्पूर्ण सञ्चारकर्मीहरूलाई प्रचारप्रसार, समाचार कभरेज लगायतका गतिविधिमा सहयोग गर्न आयोजकले आग्रह गरेको छ। साथै, जुम्लाको शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नयनका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार