ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेतामा सर्वसम्मत चयन भएका छन्।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहीलाई पार्टीको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा नेता चयन गरेको हो।
बैठकले संसदीय दलको नेताको सिफारिसमा खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।
राप्रपा नेता रमानन्द न्यौपानेले दिएको जानकारीअनुसार निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको उपस्थितिमा बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको हो।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै मुलुक, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर जिम्मेवार र सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
















