बिहीबार, ५ चैत्र, २०८२

कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। यद्यपि, उक्त राजीनामा पार्टीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

पार्टीका एक पदाधिकारीका अनुसार ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामाबारे औपचारिक छलफल हुने तय भएको छ। राजीनामा स्वीकृत गर्ने वा नगर्ने अधिकार भने केन्द्रीय कार्यसमितिमै रहनेछ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त महाधिवेशनको वैधानिकतामाथि तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन हाल विचाराधीन छ।

निर्वाचनमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न नसक्दा थापाले जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। ‘अबकि बार, सय पार’ भन्ने नारासहित चुनावमा होमिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटमा सीमित भयो। स्वयं थापा सर्लाही–४ मा अमरेशकुमार सिंहसँग पराजित भएका थिए।

पार्टीभित्र राजीनामा नदिन दबाब आए पनि थापा आफ्नो निर्णयमा अडिग रहेका छन्। अब बस्ने बैठकमा निर्वाचन परिणाम, संगठनात्मक कमजोरी र आगामी महाधिवेशनको तयारीबारे विस्तृत समीक्षा हुने प्रवक्ता देवराज चालिसेले बताएका छन्। कांग्रेसलाई एकताबद्ध बनाउँदै नयाँ दिशामा लैजान महाधिवेशनमार्फत पुनर्गठन आवश्यक रहेको नेताहरूको धारणा छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार