इतिहासमामा सबै भन्दा बढी २२ हजार आठ सय १९ मत प्राप्त गरेर इतिहास निर्माण गरेका ज्ञानेन्द्र शाहीले विजयी हुँदै सांसद दोहोरिएर अर्को इतिहास निर्माण गरेका छन्।
२०४८ साल यताको छोटो इतिहास हेर्दा जुम्लाले संसद दोहोर्याएको पाइँदैन। २०४८ सालमा नेमकिपाका डिल्लीबहादुर महतले जिते। २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाया निर्वाचित भए।
२०५६ सालामा नेकपा एमालेका देवीलाल थापा विजयी भए। २०६४ सालमा नेकपा एमालेबाट डिल्ली बहादुर महत चुनाव लडिरहँदा नेकपा माओवादीका नरेश भण्डारी भारी मतले विजयी भए।
२०७० सालमा २०५१ र २०५६ मा चुनाव हारिसकेका नेपाली कांग्रेसका ललितजंग शाही विजयी भए। २०७० सालको निर्वाचनमा शाहीसँग हारेका गजेन्द्रबहादुर महत २०७४ को आम निर्वाचनमा विजयी भए।
२०७९ को काँग्रेस, माओवादी र समाजवादीको बृहत गठबन्धनलाई हराउँदै इतिहास निर्माण गरेका ज्ञानेन्द्र शाहीले सांसद नदोहोर्याउने उपमा पाएको जुम्लाबाट यो पाली पुन: विजयी हासिल गर्दै रेकर्ड ब्रेक गरेर दोहोरो इतिहास निर्माण गरेका छन्।
इतिहासमामा सबै भन्दा बढी २२ हजार आठ सय १९ मत प्राप्त गरेर इतिहास निर्माण गरेका ज्ञानेन्द्र शाहीले विजयी हुँदै सांसद दोहोरिएर अर्को इतिहास निर्माण गरेका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीका चर्चित नेता नरेश भण्डारीलाई तीन हाजा एक सय ८१ मतान्तरले पराजित गरे। शाहीले कुल१४ हजा ८ सय १६ मत ल्याउँदा भण्डारी भने ११ हजार ६ सय ३५ मत ल्याए।
एकै पटक दुईवटा रेकर्ड ब्रेक गरेर दोहोरो इतिहास निर्माण गरेका ज्ञानेन्द्र शाहीले देशभर थुप्रो चर्चा बटुलेका छन्। यो लेखमा हामी चर्चित अभियानता देखि चर्चित राजनीतिक नेतृत्वसम्मको उनको यात्राको चर्चा गर्नेछौं।
साविककाे नराटोक गाविस वडा नं. ७ हालको सिंजा गाउँपालिका–३ पिगी गाउँको सामान्य किसान परिवारमा जन्मेका हुन्, ज्ञानबहादुर शाही। ज्ञानबहादुर ज्ञानेन्द्र शाहीका नाममा चर्चित भएर ३० वर्षकै उमेरमा पहिलो पटक जुम्लाको सांसद भएका थिए।
सिंजाकै कैलाश मावि फुंग्रबाट २०६४ सालमा एसएलसी पास गरेका उनी भारतमा सिए पढ्न गएका थिए। त्यहाँ घटेको एउटा घटनाले उनलाई चर्चित अभियन्ता बनायो। सिए पढ्दै गर्दा उनी एउटा फर्ममा अडिट गर्न गइरहन्थे।
त्यहाँका मालिक सधैँ उनलाई लिन गेटसम्म आउँथे। एउटै टेबलमा बसेर उनीसँगै खाना खान्थे। एक दिन उनले ‘तपाईं पहाडी जस्तो लाग्नुहुन्छ दार्जिलिङको हो कि, हिमाञ्चलको हो’ भनी साेधे। शाहीले, ‘म नेपाली हो’ भने। उनले ‘नेपाली भी सिए हाेते है!’ भन्दै होच्याइदिए। त्यसको भाेलिपल्ट शाहीलाई लिन उनी गेटसम्म पनि आएनन् र सँगै बसेर खाना पनि खाएनन्।
यो घटना शाहीका लागि आत्मग्लानीको राप बन्यो। लामो समय दिमागी तनाव बन्यो। त्यसपछि उनको निष्कर्ष थियो, ‘यदि मेरो देशमा चरम भ्रष्टाचार हुँदैन्थ्यो भने हाम्रो आत्मसम्मानमा यति ठुलो ठेस लाग्दैन्थ्यो होला। हाम्रो योग्यता हुँदाहुँदै पनि विदेशमा यस्तो अपमान भोग्नु पर्दैन्थ्यो होला। त्यसपछि उनी नेपाल आएर भ्रष्टाचार विरोधी गतिविधिमा सक्रिय रहे।
भ्रष्टाचार र अव्यवस्थाको खह्रो विरोध गर्ने उनले ठाउँ–ठाँउमा मरणासन्न हुने गरी कुटाइ खाए। कयौंपटक जेल बसे। अविचलित उनले आफ्नो अभियानलाई कुनै पनि हातलमा रोकेनन्। बरू बढाउँदै गए। संसद भवन छिर्नेबेला ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष भएपछि राप्रपाबाट राजनीतिक यात्राको सुरूवात गरे।
छोटो राजनीतिक पृष्ठभूमि भएका उनले नयाँ पार्टी रोजेसँगै प्रवक्ताको जिम्मेवारी सम्हाले। त्यसलगत्तै राप्रपाको जनमत बढाउन देश दाैडाहमा निस्किएका उनले साउनमा जुम्लाबाट चुनाव लड्ने भनि उम्मेदवारी घोषणा गरे।
उम्मेदवारी घोषणासँगै चुनाव प्रचार अभियान थालेका उनले आठवटै पालिकामा चुनावी सभा गरून्जेल अन्य पार्टीहरूले सम्भावित उम्मेदवारका नाम समेत सिफारिस गर्न सकेका थिएनन्। अरू पार्टीले उम्मेदवार मैदानमा उतार्ने बेलासम्म तीनपटक घरदैलो अभियान सकाइसकेका थिए। यसले उनको पक्षमा माहोल निर्माण गर्न ठूलो सहयोग गर्यो।
अभियन्ता हुँदा चर्चा बटुलिसकेका उनले राप्रपा रोजेसँगै ठूला आमसभामा आफ्नो विचार राखे। उनकै कारण कयौं मानिस राप्रपाको जनसभामा सहभागी भए। पूर्व मेचीदेखि पश्चिम महकालीसम्म उनले गर्ने चर्को भाषणमा जनताले ताली बजाउन थाले।
इन्टरनेटको पहुँमा भएका जुम्लीलाई उनले देशभर जुम्ला चिनाइरहेको भान हुन थाल्यो। जुम्ली भन्न बित्तिकै फोहोरीको भाष्य निर्माण गरिएको समयमा सशक्त वक्ता र नेता जन्माउने थलोको रूपमा चिनिन थालेपछि जुम्ली जनताको उनीप्रतिको आकर्षण बढ्दै गयो।
उनले धेरैजसो जनसभाको बीचमा भने पनि, ‘हामी जुम्लीलाई थ्याङ्चा भन्छन्। फोहोरी भन्छन्। हेप्छन्। तर, हाम्रो उत्पादनलाई असाध्यै मन मराउँछन्। सुन फल्ने ठाउँका मान्छे किन दबिएर बस्ने? अब जुम्लाले यो देशको नेतृत्व गर्नुपर्छ।’
उनले जुम्लाबाट नै उम्मेदवारी दिनुको कारण खुलाउँदै भनेका थिए, ‘जुम्ला मेरो जन्मभूमि हो। आज म नेपालको जुनसुकै कुनामा भएपनि जुम्ली हुँ। बाहिरबाट कम उमेरको एकजना एनजीओको कारिन्दा मात्रै आए पनि जुम्लीले शिर निउराएर दुई हात जोडेर ढोग्नुपर्छ। देशभर हिङ, सिलाजित र गलैंचा बेच्ने जुम्लीचाहिँ दोस्रो दर्जाको नागरिक मानिन्छ। हाम्रो आत्मसम्मानका लागि पनि मैले जुम्ला नै रोजे।’
उनले अन्तबाट चुनाव जितेर मन्त्री भएपनि मातृभूमिलाई न्याय गर्न नसकिने निष्कर्ष निकालेको सुनाउँदै भने, ‘सधैंभरि आत्मग्लानीले जलाइरहने हुनाले नै जुम्ला रोज्नुपरेको थियो।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाले जुम्लाबाट पाँच सय ९१ मत मात्रै प्राप्त गरेको थियो। त्यो जोखिमको बीचबाट पनि जुम्ला रोजेका उनको तर्क थियो, ‘अहिलेको समयमा चुनाव जित्नलाई संगठन नै चाहिन्छ भन्ने मलाई लाग्दैन। जुम्ली जनतासँग घुलमिल हुन र निकटता बढाउनकै लागि यहाँबाट उम्मेदवारी घाेषणा गरेको थिएँ। जनताले चिने र विजयी पनि गराइदिए।’
उनले जुम्लाले यो देशकाे नेतृत्व गर्नलाई कम्तिमा पनि फुलमन्त्री पाउनुपर्ने तर्क राखे। उनी जितेको खण्डमा त्यो सम्भावना रहने समेत बताए। त्यसका लागि उनले माओवादीका जनार्दन शर्मा र यसअघि जुम्लाबाट जितेका गजेन्द्र महतको तुलना गरे।
महत, शर्माको ठाउँमा पुग्न नसक्नुका कारण खोतलिसकेका उनले ठोकुवा गरे, ‘मैले प्राप्त गरेको पदीय जिम्मेवारीका हिसाबले म त्यो ठाउँमा पुग्न सक्छु।’
उम्मेदवारी घोषणा गर्दा उनले ३१ हजार आठ सय ६८ मत पाउँछु भनेका उनले त्यही मत त पाएनन्। तर लोकप्रिय मतसहित विजयी भए।
जसरी २०४८ सालपछि जुम्लामा डिल्ली महत हाइहाई थिए, जसरी ०६२/०६३ को जनआन्दोलनपछि नरेश भण्डारी उदाए। त्यसरी नै छोटो समयमा जनतामा आफ्नो छाप छोड्न सकेकै कारण उनी सफल भए।
उनले चुनावताका जनताको भोट तान्ने हावादारी योजना बाँडेनन्। यत्ति भने ‘जुम्लाका कुनै पनि किसानले उत्पादन गरेको जुनसुकै फसल खेर जाँन दिने छैन। सरकारले उचित मूल्यमा किन्ने र बजारको व्यवस्था आफैँ गरिदिने व्यवस्था मिलाउनेछु। यो कुराको म ग्यारेन्टी दिन्छु। अर्को कुरा, जुम्लीलाई अब कसैले हेयभावमा हेर्न पाउने छैन।’
जुम्लाको हरेक नागरिकले जुम्ली हुनुमा गर्व गर्ने, जुम्लाको भ्रष्टाचार शून्यमा झार्ने जस्ता जनताले प्रत्यक्षरूपमा भोगेका अनुभूति र देखेका विकृतिलाई आफ्ना मुद्दा बनाए। ती सँगसँगै आफ्नो लडाइँ जुम्लाका अन्य पार्टीका उम्मेदवारसँग नभएर काठमाडौंमा बसेर डाडु–पन्युँ चलाउनेका हातबाट खोसेर आफैँले चलाउनका लागि हो भने।
यी यावत कारणले अन्तत: उनी विजयी भए। विजयी भएर मन्त्री भएनन्, राप्रपा लामो समय सरकार जान पाएन। तर उनले प्रवक्ताको जिम्मेवारी भने सम्हाले। उनले गरेका सबै बाचा पूरा भएनन्। तर जुम्लाको उत्पादनको बजारीकरण भने देख्ने गरि गरिदिए।
उनको कार्यकाल नसकिँदै ०८२ भदो २३ र २४ गते जेनजी आन्दोलन भयो। आन्दोलन पछि संसद विघटन भयो। फागुन २१ गते नयाँ चुनाव तोकियो। सुर्खेतबाट चुनाव लड्ने चर्चाको बीच उनी पुन: जुम्लामै आए। मातृकभूमीको मायाले भनेर रुँदै उम्मेदवारी दर्तागर्ने दिन मात्रै जुम्ला पुगेका उनको पक्षमा माहोल बन्दै गयो।
परिणाम उनले इतिहास रच्दै विजय हासिल गरे। यसपालि उनले मुद्दा उठाएनन्। आफूले केही गरेको र केही गर्न बाँकी रहेकाले मत दिनु, सके जिताइदिनु भन्दै जनताको घरघरमा पुगे। फेरि पनि फराकिलो मतान्तरले जनताले उनलाई विजय गराईदिए।













