सोमबार, २४ कार्तिक, २०८२

जनसेवा बिले उचाल्यो उपाधि

जुम्लामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि जनसेवा युवा क्लब (बी) ले उचालेको छ। आइतबार सम्पन्न फाइनल खेलमा जनसेवा युवा क्लबले आयोजक टिम चन्दननाथ ३ लाई पेनाल्टी सुट आउटमा पराजित गर्दै उपाधि उचालेको हो।

पहिलो र दोस्रो हाफमा कडा प्रतिस्पर्धात्मक खेल हुँदा पनि दुबै टिले गोलरहित बराबरी खेले। खेलको निर्णय अन्ततः पेनाल्टी सुटआउट मार्फत् भयो।

बिजेता जनसेवा युवा क्लब (बी) ले एक लाख एक हजार नगदसहित ट्रफी उचाल्यो भने उपविजेतामा सितित चन्दननाथ ३ ले पचास हजार नगद पायो।

जिल्ला स्तरीय फुटबल प्रतियोगिता चन्दननाथ नगरपालिका वडा नम्बर तीनको वडा कार्यालयको आ.व. ०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा आयोजना गरिएको चन्दननाथ -३ का वडा अध्यक्ष रतन खत्रीले बताए।

उक्त प्रतियोगितामा कुल ४४ टिमले भाग लिएका थिए। इतिहासकै ठूलो प्रतियोगिताले जिल्लामा फुटबलको रौनक थपेकबध थियोे।

प्रतियोगितामा उपविजेता टिमका अविशेक बुढथापाले सबै भन्दा बढी चार गोल गर्दै गोल्डेन बुट हात पारे भने प्रतियोगिताका उत्कृष्ट गोल किप्पर विजेता टिमका महेश शाही हुन सफल भए। त्यस्तै प्रतियोगिताबाट उदयमान खेलाडीको ट्रफी फोइकालिका एफसीका सत्यम हमाल बन्न सफल भए।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट डेफेन्डर विजेता टोलीका विवि शाही भए भने उत्कृष्ट फर्वार्ड पनि विजेता टिमका यतिस रोकाया भए त्यस्तै बेस्ट प्लेयर्स अफ द टुर्नामेन्ट उपविजेता टिमका चक्र लामा बन्न सफल भएको आयोजक टिमका राज बहादुर खत्रीले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार