चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा बिहीबार प्रि-क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका हुन्।
पहिलो खेलमा जनसेवा युवा क्लब (बी) र मार्सी बइजबीच भएको खेला जनसेवा युवा क्लब (बी) विजय भएको छ ।
त्यस्तै आज भएको दोस्रो खेल मिलन युवा क्लब र शान्तिनगर (एफसी) बीच भएको थियो। जसमा निर्धारित समयमा कसैले पनि गोल गर्न नसक्दा पेनाल्टी मार्फत् मिलन युवा क्लब विजय भएको हो।
आज भएका दुई खेल लगत्तै प्रि-क्वाटर फाइनलका खेल सम्पन्न भएको आयोजना प्रतिनिधि राजबहादुर खत्रीले जानकारी दिए।
आज भएको पहिले खेल जनसेवा (बी) र सरस्वती युवा क्लबबीच भएको थियो । सो खेलमा जनसेवा युवा क्लब (बी) ३-० ले विजय भएको छ। उक्त क्लबका खेलाडी बिपि शाही म्यान अफ द म्याच भएका हुन्।
त्यस्तै आज भएको दोस्रो खेलमा शान्तिनगर (एफ सी) र मुगुम (एफ सी) बीच खेल हुँदा शान्तिनगर (एफ सी) विजय भएको छ भने उक्त टिमका खेलाडी कमल कठायत म्यान अफ द् म्याच भएका छन्।
त्यस्तै तेस्रो खेल बिहानी युवा क्लब र नौमुले युवा क्लबबीच भएको थियो। उक्त खेलमा बिहानी युवा क्लबले २-० ले विजय भएको छ। बिहानी टिमका डेबिड खत्री म्यान अफ द् म्याच भएका हुन।
आज भएको अन्तिम खेलमा लेकाली युवा क्लब र जनप्रेमी युवा क्लबबीच खेल प्रतिस्पर्धा हुँदा लेकाली युवा क्लबले ३-१ ले विजय भएको हो। लेकाली टिमका भुपेन शाही म्यान अफ द् म्याच भएका हुन्।
खेलको नियमित तालिका अनुरुप नै भोलि भने प्रि-क्वाटर फाइनलको अन्तिम खेल हुँदा हुने र भोलि प्रि-क्वाटर फाइनलका अन्तिम दुई खेल मात्रै हुने फुटबल आयोजनाका मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।
साथै पर्सिबाट क्वाटर फाइनलका खेल हुने समेत खत्रीले जानकारी दिएका छन्















