अखिल नेपाल फुटबल संघ (एन्फा)ले जुम्लाका विभिन्न विद्यालयहरुलाई फुटबल वितरण गरेको छ।
जिल्ला सदरमुकाम खलंगाको टुडिखेल खेलमा मैदानमा आयोजित विशेष समारोहकाबीच (एन्फा)ले आज फुटबल वितरण गरेको हो।
जिल्लाका करिब २६ वटा विद्यालयहरुलाई ६२५ वटा फुटबल वितरण गरिएको एन्फा जिल्ला अध्यक्ष भरत बुढ्थापाले बताए।
उनका अनुसार जिल्लाका पातारासी, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका विद्यालयलाई फुटबल वितरण गरिएको जानकारी दिए।
त्यस्तै एन्फाका जिल्ला कोषाध्यक्ष अजय बुढ्थापाले विद्यार्थीहरु खेल क्षेत्रमा केन्द्रित हुन् भन्ने उदेश्यले फुटबल वितरण गरिएको बताए।
उक्त फुटबल वितरण कार्यक्रम अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दाबा लामा तथा विभिन्न जिल्ला अध्यक्षहरुको समेत सहभागीता रहेको थियो।















