कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सकेको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ।
कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सकेको हो।
विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे।
लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए। बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए।
विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एकएक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो।
कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे। देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए।
९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए। कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो।
बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिएका थिए। योसँगै कर्णालीले ४ खेलमा २ खेलमा जित निकालेको छ।
४ खेल खेलेको विराटनगर एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ।