आईतवार, ३ फाल्गुन, २०८२

जिल्लास्तरीय दलित फुटबल प्रतियोगिताको फाइनल आज हुँदै

आयोजक दलित सेवा संघ, जुम्लाका अध्यक्ष भीम सार्कीले बताए अनुसार, प्रतियोगितामा जिल्लाभरका १७ टिमको सहभागिता रहेको थियो। उपाधिका लागि निर्णायक खेल शनिबार दिउँसो ११ बजे टुडिखेल मैदानमा हुनेछ।

जुम्लामा जिल्लास्तरीय दलित खुला पुरुष फुटबल प्रतियोगितामा पानसय क्षेत्रका क्लबहरूले फाइनलमा स्थान बनाएसँगै यस वर्षको उपाधि नगरपालिका बाहिरै जाने निश्चित भएको छ।

दलित सेवा संघ, जुम्लाको आयोजनामा भएको प्रतियोगिताको शनिबार फाइनल खेल हुँदैछ। जसमा देउती कैलाश युवा क्लब कुडारी र समाज चेतना युवा क्लब हियाखोलाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा देउती कैलाश युवा क्लब कुडारीले लायन युवा क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो। उत्कृष्ट प्रदर्शन गरे पनि लायन युवा क्लब गोल फर्काउन नसक्दा अन्तिम खेलमा पुग्न असफल रह्यो।

यस्तै, दोस्रो सेमिफाइनलमा समाज चेतना युवा क्लब हियाखोलाले रोयल युवा क्लब छिनालाई १–० गोलले हरायो। पुरा खेलमा आक्रमक खेलेको भए पनि गोल गर्न असफल रहँदा रोयल युवा क्लबको यात्रा पनि सेमिफाइनलमै टुंगियो।

आयोजक दलित सेवा संघ, जुम्लाका अध्यक्ष भीम सार्कीले बताए अनुसार, प्रतियोगितामा जिल्लाभरका १७ टिमको सहभागिता रहेको थियो। उपाधिका लागि निर्णायक खेल शनिबार दिउँसो ११ बजे टुडिखेल मैदानमा हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार